<a href="https://nepaliquotes.com/good-naite-images/" rel="dofollow" target="_blank">Good Naite Images</a>


Good Naite Images

<a href="https://nepaliquotes.com/good-night-images-hd-free-download/" target="_blank">Good Night Images HD free Download</a>


Nepali Quotes

तिमि सदा झै उही गाेरेटाे भएर आउनु
म सदा झै तिमी लाइ पर्खि बस्नेछु
जती रूवाछाै, जति सताउछाै म सहने छु
हाे म तिम्राे प्रतिक्षामा रहने छु ।

जति दवाउछाै म त्यति बलियाे भएर निस्कनेछु
जति दवाउछाै म त्यति कठाेर बन्दै जानेछु
जति षडयन्त्रमा पार्छाै म त्यति मुक्त हुदै जानेछु
हाे म तिम्राे प्रतिक्षामा रहने छु ।।।

2.
 आखिर के हाे याे मन बिना अर्थ कुरा खेलाइ रहने,
कहिले खुसि मा कहिले दुखमा आँसु चुहाइ रहने,
जति खेर पनि खुसी, हासाे, आनंद, समिप्यता मात्र खाेजिरहने,
चाहे टाढा हाेस चाहे नजिक हाेस आस मात्रै गरिरहने ।

आखिर के हाे याे मन जाे दुख बाट भाग्न मात्र खाेज्छ ,
पिडाहरू लाइ मिल्काउन मात्र खाेज्छ ,
खुसी ला मुठ्ठीमा कैदि बनाउन खाेज्छ,
समयला आफ्नाे दासी दर्साउन खाेज्छ ,

आखिर के हाे याे मन जाे हरपल कसैकाे यादमा भाेतारिरहन्छ,
उ कस्ताे छ? मलाइ याद गर्छ या गर्दैन? येति मात्र साेचि रहने
मेराे अभाब उस्लाइ खड्किन्छ या खड्किन्न प्रश्न खेलाइ रहने,

आखिर के हाे याे मन जाे बिना सिती माया खाेजी रहन्छ,
जाे बिना सिती उस्काे अँगालाेमा बेरिन चाहन्छ,
गुटुमाुटु उ शीत कहिलाे नछुटिने गरि हराउन चाहन्छ,
आखिर के हाे याे मन ।।।। आखिर के हाे याे मन ।।।।

3.
यि रातहरू अनकन्टार छन, न तिमि भन्न सक्छाै न मलाइ नै।।।
यि आँखा हरू रित्ता छन न तिमि नियाल्न सक्छाै न मैले नै।।।

यहा बुझी बुझी बुझ पचाउन विवश हुन्छन काेहि।।
यी बुझहरू बुझे जस्ताे न तिमि गर्न सक्छाै न मैले नै ।।

4. poem
खै कस्ताे खै कस्ताे भाग्य पनि पानिकाे फाेका जस्ताे,
घाउमा दलेकाे हरीयाे खुर्सानि जस्ताे,
आँसु नसुक्दै भिजेकाे परेलि जस्ताे
खै कस्ताे खै कस्ताे भाग्य पनि पानिकाे फाेका जस्ताे।।।
बाटाे बिराएकाे यात्रि जस्ताे,
बस्ति उजाडिएकाे ठाउँ जस्ताे,
राेदन सकिएकाे हिक्का जस्ताे,
खै कस्ताे खै कस्ताे भाग्य पनि पानिकाे फाेका जस्ताे।।।

5।

आमाकाे काखमा बसि जब आकासमा आक्रिति काेर्छु।।
निश्चल मुश्कान बाेकेका जब उज्याला चेहरा देख्छु।।
भाेकाे पेटमा आनाकाे दानाले जब सन्तुस्किकाे अनुभुति गर्छु।।
पिडाले घाटि आठ्याकाे बेला जब उस्काे समिप्यता पाउछु ।।
तब  लाग्छ म जिन्दगि जिउदै छु सबैकाे लागि ।। अनि आफ्नाे लागि।।

हावाकाे झाेकाले लट्टा उडाउदै जब सितल्त दिन्छ ।।
मनका बाधहरू फुकाइ जब स्वतन्त्र  हास्छु।।
पाउजुकाे छमछम बिना जब निस्फिक्रि हिड्छु
तब  लाग्छ म जिन्दगि जिउदै छु सबैकाे लागि ।। अनि आफ्नाे लागि।।

6. मुक्तक
म आफै जलिराछु ....स्वाश् कस्लाइ दिउ ....?
म आफै रितिराछु  .... रंग कस्लाइ दिउ ....?
थाेपा थाेपा सँगै यहा आस बिकेपछि
म आफै मरिराछु प्राण कस्लाइ दिउ?

7.  sayari
तिमि मेराे काध बन्नु म तिम्राे सहारा बन्ने छु
तिमि मेराे धड्कन बन्नु म तिम्राे मुटुकाे भमनि बन्ने छु
यहा पिडा कस्लाइ छैन र यहा मन कस्काे चङ्गा जस्ताे उड्न पाएकाे छ र
बस तिमि मेराे छेउ रहनु म तिम्राे दिलकाे कुनामा डेरावाला बन्नेछु

8. Shayari

जाउ त्याे ठाउमा जहाँ तिमि र म बाहेक अरू काेहि नहाेस,
तिमिले भनेकाे मैले सुन्ने छु मैले भनेकाे तिमिले सुन्ने छाै,

हात समाइ आँखामा आँखा जुधाइ घन्टाै माैन मुद्रामा हराउने छाै,
सुनाैलाे भविष्यकाे कल्पनामा, नछुटिने मनकाे कुनामा ठाउँ बनाउनेछाै,

हरेक विहानिले तिमि सँग जिउन लालायित गरिराखाेस,
हरेक पलले तिम्राे सामिप्तमा खुसियालि अंकुर हाेस,
जाउ त्याे ठाउँमा जहा .....................,

9. sad sayeri
रिसाइदिने त म छदैछु
फकाइ दिने मान्छे तिमी भए हुन्थ्याे
कहिल्ये आश दिलाउने
कहिल्ये मात दिलाउने
मराे यात्राकाे सहयात्री तिमी भए हुन्थ्याे

10. poem
मनले यहा माया गर्ने
मान्छे कहा पाउनु?
विश्वासले यहा आस गर्ने
मान्छे कहा भेटाउनु?

खाेज्दैछु म त्यस्ताे मान्छे
त्याे चाेक अनि त्याे गल्लिमा
निस्वार्थ भइ अंकमाल गर्ने
यहा प्रेमि कहा पाउनु?

रूदा आशु पुछिदिने
हास्दा खित्का मिसाइदिने
मायाकाे परिभाषा बताइदिने
सारथी कहाँ पाउनु??

10. Sad Sayeri
पिडाकाे अर्थ साध्छाै तिमी
म हरेक दिन मरिरहेकाे हुन्छु
उसकाे यादमा, उसले दिएकाे आसमा
सधै दियामा तेल थपिरहेकाे हुन्छु।

आशुकाे अर्थ साेध्छाै तिमी
आशु सकिएर याे मन खडेरी भएकाे छ
विछाेडकाे पिडाले मन धमिलाे आँखा रिताे भएकाे छ ।

11. love sayeri
आश जगायाै
जिवन जिउनुकाे अर्थ सिकायाै
नजानिदाे पाराले मलाइ आफ्नाे बनायाै

मायाकाे घैटाे आफुमा खन्याइ
मलाइ त्यसै त्यसै रिताे बनायाै
दाेषी तिमी मलाइ देखाइ
त्यसै त्यसै खाली पात्र बनायाै